२१ जेठ २०८३, बिहीबार

एकातिर सरकारसँग वार्ताको तयारी, अर्कोतिर धमाधम पक्राउ पर्दै विप्लवका नेता

माघ १, २०७७
एकातिर सरकारसँग वार्ताको तयारी, अर्कोतिर धमाधम पक्राउ पर्दै विप्लवका नेता

विप्लव नेतृत्वको नेपाल कम्युनिट पार्टीका वार्ता टोली सदस्य धर्मेन्द्र बाँस्तोला बुधबार दिउँसो ललितपुरबाट पक्राउ परेका छन् ।

बाँस्तोलासँगै विवेक कुमाल, विश्वास र प्रकाश शाही पनि पक्राउ परेको जनाइएको छ । 

सरकारसँग अनौपचारिक वार्ताको तयारीका बेला वार्ता टोलीकै सदस्य समातिएको विप्लवको पार्टीका एक नेताले बताए । 

‘सरकारका मानिसहरुसँग अनौपचारिक तहमा हाम्रो कुराकानी भइरहेका थिए । वार्ताका लागि गम्भीरता देखाउँदै पार्टीको तर्फबाट तीन सदस्सीय टोली गठन गरेका थियौं । तर त्यसमध्ये एक सदस्य गिरफ्तारीमा पर्नुभएको छ’, ती नेताले भने, ‘हामीले बनाएको वार्ता टोलीमा यी यी मान्छे थिए भन्ने सरकारका मान्छेलाई कुनै न कुनै रुपमा सन्देश पुगिसकेको थियो । 


पार्टीभित्रको क्षयीकरण, कोरोना महाव्याधीपछिको आर्थिक सामाजिक अवस्था, राजनीतिक संकट लगायतका कारण उक्त पार्टी सरकारसँग वार्ता गर्न तयार देखिएको थियो । अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्