३१ जेठ २०८३, आइतबार

प्रहरीमा रहेको मुद्दा मिलाइदिन ९० हजार माग्ने व्यक्ति पक्राउ

प्रहरीमा रहेको मुद्दा मिलाइदिन ९० हजार माग्ने व्यक्ति पक्राउ

महानगरीय प्रहरी वृत्त काठमाडौंमा अनुसन्धानको क्रममा रहेको मुद्दा मिलाइदिन ९० हजार रुपैयाँ मागेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बिहीवार बिहान काठमाडौं महानगरपालिका–१५  स्वयम्भुबाट मकवानपुरको टिष्टुङ पालुङ नगरपालिका–१२ का ३९ वर्षीय चन्द्र लामा भनिने बुद्धिबहादुर घलानलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले घलानलाई बिहान साढे ७ बजेतिर पक्राउ गरेको जनाइएको छ । उनीमाथि मुलुकी अपराध संहिता २०७४ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्