१६ असार २०८३, मंगलबार

इन्डोनेसियाको गुफामा फेला पर्‍यो ४५ हजार वर्ष पुरानो चित्रकला (भिडियो)

माघ ४, २०७७
इन्डोनेसियाको गुफामा फेला पर्‍यो ४५ हजार वर्ष पुरानो चित्रकला (भिडियो)

इन्डोनेसियाको एक गुफाको भित्तामा ४५ हजार ५०० वर्षअघि बनाइएको बँदेलको चित्र फेला परेको छ । यो संसारकै सबभन्दा पुरानो चित्रकला भएको एक अध्ययनले दाबी गरेको छ । 

इन्डोनेसिया र अस्ट्रेलियाका अनुसन्धाताहरूले सुलावेसी टापुको दक्षिणमा रहेको लियाङ तेदोङगे गुफाको पछिल्तिरको भित्तोमा बँदेलको चित्र फेला पारेका हुन् । 

आधुनिक मानवको उपस्थितिको सबभन्दा पुरानो प्रमाण यसै तस्वीरले दिएको अनुसन्धान टोलीको भनाइ छ । 

अर्को एक सुँगुरको चित्र पनि नजिकैको गुफामा फेला परेको छ तर त्यो अघिल्लोभन्दा १३ हजार ५०० वर्षपछिको हो । 

अस्ट्रेलियाको क्वीन्सल्यान्डस्थित ग्रिफिथ विश्वविद्यालयका पुरातत्त्ववेत्ता एडम ब्रुमले बताए, ‘रातो माटोबाट यो चित्र बनाइएको हो । सुँगुरले अरू सुँगुरको लडाइँ हेरिरहेको वा अरू दुई सुँगुरसँग अन्तर्क्रिया गरिरहेको देखिन्छ ।’
 

यत्तिको स्पष्ट चित्र प्राचीन गुफा चित्रकलामा भेटिँदैन भनी अनुसन्धाताहरूले बताए । 

यही टोलीले पोहोर साल पत्थरमा बनेको ४३ हजार ९०० वर्षअगाडिको चित्र पजि फेला पारेको थियो । 

उक्त चित्र त्यही क्षेत्रको अर्को चुनढुंगा गुफामा फेला परेको थियो । त्यसमा मानिस र पशुको मिश्रण भएका जीवले सुँगुरको शिकार गरेको देखिन्थ्यो । 

salt training

कमेन्ट गर्नुहोस्