०८ असार २०८३, सोमबार

गोरु जुधाइ कार्यक्रममा मान्छे जुधे, स्वयंसेवक घाइते

गोरु जुधाइ कार्यक्रममा मान्छे जुधे, स्वयंसेवक घाइते

नुवाकोटको तारुकास्थित गोरुजुधाइ कार्यक्रममा झपड भएको छ ।

झपडका क्रममा स्थानीय युवा घाइते भएका नेकपाका स्थानीय नेता राजेन्द्र न्यौपानेले बताए । 

स्वयंसेवकको रूपमा खटिएका युवामाथि भीडबाट अज्ञात व्यक्तिले ढुंगा प्रहार गरेको बताइएको छ । ढुंगाले लागेर उनको टाउकोमा चोट लागेको छ । 

ढुंगा हान्ने कार्यमा संलग्नमाथि कारबाहीको माग गर्दै पीडित पक्षले नाराबाजी गरेपछि अहिले गोरुजात्रा कार्यक्रम अवरुद्ध भएको छ भने मिलाउने प्रयास जारी रहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्