०१ असार २०८३, सोमबार

'जब भ्याकेन्सी'को विज्ञापन राखी ठग्ने पक्राउ

'जब भ्याकेन्सी'को विज्ञापन राखी ठग्ने पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा 'जब भ्याकेन्सी'को विज्ञापन राखी ठगी गरेको अभियोगमा काठमाडौं काडाँघारी बस्ने दोलखा जिरी नगरपालिका-८ घर भएका २३ वर्षीय शिव खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
फेसबुकमा 'जब भ्याकेन्सी' नामको पेज बनाई बेरोजगार युवाहरुलाई आकर्षक तलब, सुविधा दिने झुठो आश्वासन दिलाई सुरूमा १ हजार ५ सयदेखि ३ हजार ५ सय रुपैयाँसम्म ईसेवा मार्फत डिपोजिट गर्नुपर्छ भनी ४३ जना युवाहरुबाट रकम ठगी गरी फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
खड्कालाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्