२३ असार २०८३, मंगलबार

माघीका सुन्दरीहरु, तस्बिरमा हेर्नुहोस्

माघीका सुन्दरीहरु, तस्बिरमा हेर्नुहोस्
तस्बिर : रासस

बिहीबार माघे सङ्क्रान्ति अर्थात माघी पर्व मनाइएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति अर्थात माघ १ गते मकर (माघे) सङ्क्रान्तिका नाममा वैदिक सनातन हिन्दू धर्मावलम्बीले सनातनदेखि कूल परम्परामा चलेको चलनअनुसार यो पर्व मनाउँछन् ।

यस्तै थारु समुदायले वर्षभर विभिन्न कामको नेतृत्व गर्ने गाउँको अगुवालगायत विभिन्न पदको चयन लोकतान्त्रिक विधिबाट आजैदेखि गर्छन् । यो समुदायमा आज गरिएको सहमति अकाट्य हुने मान्यतासमेत छ ।

 माघ १ गते स्नानको विधि भने सबै क्षेत्र एवं जातिका मानिसमा समान रुपमा रहेको पाइन्छ । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
माघीको अवसरमा थारु राष्ट्रिय माघी महोत्सव मूल आयोजक कमिटीद्वारा  काठमाडौँको अनामनगरमा बिहीबार माघी तथा साँस्कृतिक कार्यक्रम गरियो । सोही कार्यक्रमसहित विभिन्न स्थानका माघीसम्बन्धी तस्बिर हेर्नुहोस्ः

salt training

कमेन्ट गर्नुहोस्