२४ असार २०८३, बुधबार

बाथरूममा आउँछ सबभन्दा धेरै हार्ट अट्याक, हुनुस् सावधान

फागुन २१, २०७७
बाथरूममा आउँछ सबभन्दा धेरै हार्ट अट्याक, हुनुस् सावधान

हार्ट अट्याक अर्थात् हृदयघात आजकल विकराल समस्याका रूपमा रहेको छ । 

हृदयघात अचानक हुन्छ तर यसका विभिन्न कारण हुन्छन् । खराब जीवनशैली र रद्दी खानपानले हृदयघात गराउँछ । 

त्यसो त हृदयघातको कुनै निश्चित समय हुँदैन तर यो सबभन्दा बढी बिहान बाथरूममा हुने गरेको देखिएको छ ।

हृदयघातको सीधका सम्बन्ध रगतसँग हुन्छ । रगतमार्फत शरीरमा अक्सिजन र पोषक तत्त्वहरू पुग्छन् । तर मुटुको मांसपेशीका धमनीहरूमा बाधा आइलाग्दा मुटु ढुकढुक हुने गति असन्तुलित हुन्छ । यसलाई नै हृदयघात भनिन्छ । 

बिहान शौचालय जाँदा पेट सफा गर्नका लागि मानिसहरूले प्रेसर दिन्छन् । यस्तो प्रेसर दिँदा मुटुको धमनीमा बढी दबाब पर्छ । यसले हृदयघात गराउन सक्छ । 

अनि बाथरूमको तापक्रम अन्य कोठाको भन्दा अलि कम नै हुन्छ । यस्तो स्थितिमा शरीरको तापक्रमलाई सन्तुलित गर्न र रगतको प्रवाह कायम गर्न बढी मेहनत गर्नुपर्छ । यसले पनि हृदयघात गराउन सक्छ । 

अनि बिहानबिहान रक्तचाप अलि बढी नै हुन्छ । यस्तो बेलामा चिसो वा तातो पानी सीर्ध टाउकोमा हाल्दा रक्तचाप प्रभावित हुन्छ । यसले हृदयघातको सम्भावना बढाउँछ । 

यसबाट बच्नका लागि शौचालयमा एउटै पोजिसनमा बसिरहन हुँदैन । अनि नुहाउँदा पानीको तापक्रमलाई विचार गर्दै शुरूमा गोडा भिजाउनुपर्छ । अनि हलुका गरी पानी टाउकोमा हाल्नुपर्छ । 

पेट खलास गर्नका लागि धेर जोड दिनुहुँदैन र हतार पनि गर्नुहुँदैन । 

लामो समय बाथटबमा बसिरहेमा पनि धमनीमा असर पर्छ र हृदयघात हुन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्