बागलुङ, ३ जेठ– जारी मतगणनाअनुसार बागलुङ नगरपालिकाको मेयरमा एमाले उम्मेदवार जनक पौडेल ४ हजार ३ सय ४७ मतसहित अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका उम्मेदवार बसन्तकुमार श्रेष्ठ ३ हजार ७ सय ७४ मतसहित दोस्रो स्थानमा छन् ।
उपमेयरमा राप्रपा उम्मेदवार सुरेन्द्र खड्का ४ हजार १ सय ३१ मतसहित अग्रस्थानमा रहँदा नेपाली कांग्रेसी शकुन्तला शर्मा ३ हजार २ सय २ मतसहित दोस्रो स्थानमा छिन् ।