१४ असार २०८३, आइतबार

भारतमा उत्पादित कोरोना खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति प्रदान

भारतमा उत्पादित कोरोना खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति प्रदान

कोरोनाभाइरसविरुद्ध भारतमा उत्पादित खोप 'कोभिशिल्ड'लाई नेपालमा आपतकालीन प्रयोगका लागि सरकारले सशर्त अनुमति प्रदान गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले सेरम इन्स्टिच्युट अफ इण्डियाद्वारा उत्पादित खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो ।

बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एक्स्ट्राजेनेकाले मिलेर रिसर्च गरी पत्ता लगाएको खोपको उत्पादन सेरम इन्स्टिच्युट अफ इण्डियाले गरिरहेको छ ।

हेर्नुहोस्, विज्ञप्ति :

salt training

कमेन्ट गर्नुहोस्