
अमेरिकाको न्युयोर्कमा बिहीवार राति एक बस ओभरपासको छेउबाट तुर्लुंग झुण्डिएको छ ।
ब्रोंक्समा भएको दुर्घटनामा बसचालकले वाशिङटन ब्रिजतर्फ जाने बाटोमा बस मोड्दा अनियन्त्रित भई छेउको रेलिङमा ठोकिएर तलतिर पुगेको थियो ।
ओभरपास र अन्डरपासको बीच ५० फीटको उचाइ छ ।
दुर्घटनामा परी कम्तीमा १२ जना घाइते भएको आपतकालीन सेवाका अधिकारीहरूले जनाएका छन् ।
न्युयोर्क फायर डिपार्टमेन्टले घटनास्थल सुरक्षित पारेको छ ।
आरम्भिक रिपोर्टअनुसार, पुरुष बस चालकले बसमा नियन्त्रण गुमाए अनि सडकबाट गाडी चिप्लेर ओभरपास ब्यारियरलाई भत्काउँदै तुर्लुंग झुण्डियो । पछि बसलाई उद्धार गरिएको छ ।