

काठमाडौं, ३ जेठ — सुर्खेत जिल्लाको चिंगाड गाउँपालिकामा नेपाली कांग्रेसका देवबहादुर चन्दले २९४९ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बखत खत्रीले २३८९ मत पाए ।
गाउँपालिका उपाध्यक्ष पनि कांग्रेसकै पोल्टामा परेको छ । उक्त दलकी मनमाया आचार्यले २९१७ मत ल्याइन् भने निकटतम प्रतिद्वन्द्वी एमालेकी दीपा रानाले २४१७ मत पाइन् ।
चिंगाड गाउँपालिकाका ६ वडामध्ये एक, दुई र चारमा कांग्रेस, तीन र पाँचमा माओवादी केन्द्र अनि ६ मा एमालेले जीत हासिल गरेको छ ।