

काठमाडौं, ३ जेठ — मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमालेले विजय हासिल गरेको छ ।
अध्यक्षमा एमालेका जीवन लामाले ३२०४ मत ल्याएर विजय प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विश्वलाल लामाले २२७३ मत ल्याए ।
उपाध्यक्ष पनि एमालेकै पोल्टामा परेको छ । उक्त दलकी उमा लामाले ३१९० मत ल्याएर निर्वाचित भइन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी लक्ष्मी डंगोलले २०८१ मत प्राप्त गरिन् ।