
पछिल्लो २४ घन्टामा मुलुकभर २ सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ्
शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा २ सय ४० जना संक्रमित थपिएका हुन् ।
यससँगै मुलुकभर २ लाख ६७ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै हालसम्म ४ हजार ५८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, यस दिन ६ जना संक्रमितको मृत्यु भएको छ भने ४ सय ७७ जना संक्रमित भाइरसमुक्त भएका छन् ।
यससँगै मुलुकभर हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ५४ पुगेको छ ।
यस्तै हालसम्म २ लाख ६१ हजार ४४ जनाले कोरोना भाइरस मुक्त भएका छन् ।