१४ असार २०८३, आइतबार

चीनको सिनोफार्म खोपलाई पनि मान्यता दिने तयारी

माघ ४, २०७७
चीनको सिनोफार्म खोपलाई पनि मान्यता दिने तयारी

  सरकारले चीनको सरकारी कम्पनीद्वारा निर्मित कोभिड–१९ विरुद्धको खोपलाई पनि आपत्कालीन प्रयोगका लागि अनुमति दिने तयारी गरेको छ ।

भारतमा निर्मित कोभिसिल्ड खोपलाई शुक्रबार अनुमति दिएको औषधि व्यवस्था विभागले चीनको सिनोफार्मको खोपलाई पनि अनुमति दिने तयारी गरेको हो ।

भारतमा बनेका ‘कोभिसिल्ड’ र ‘कोभ्याक्सिन’ तथा चीनको ‘सिनोफार्म’ ले आपत्कालीन प्रयोगका लागि विभागमा निवेदन दिएका थिए ।

आपत्कालीन उपयोगको पहिलो अनुमति पाएको २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने अक्सफोर्ड–अस्ट्रेजेनेकाको ‘एजेडडी १२२२’ खोपलाई सिरम इन्स्टिच्युट अफ इन्डियाले भारतमा कोभिसिल्डको नाममा उत्पादन गरेर तेस्रो चरणको परीक्षण पूरा गरिसकेको छ ।  कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्