०९ साउन २०८३, शनिबार

प्रतिनिधि सभा विघटन सदर गर्ने कि बदर भन्नेमा आजदेखि सुनुवाइ

प्रतिनिधि सभा विघटन सदर गर्ने कि बदर भन्नेमा आजदेखि सुनुवाइ

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरूमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाइ हुँदैछ ।

यसअघिको सुनुवाइ प्रतिनिधि सभा विघटनको मुद्दा संवैधानिक इजलासले हेर्ने कि बृहत पूर्ण इजलासमा पठाउने भन्नेमा केन्द्रित थियो ।

सर्वोच्चले संवैधानिक इजलासमै सुनुवाइलाई निरन्तरता दिने आदेश शुक्रवार दिएको छ ।

प्रतिनिधि सभा विघटनविरुद्ध परेका १२ वटा रिटमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन भएको छ ।

इजलासमा प्रधानन्यायाधीश जबराका अलावा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सदस्य छन् ।

इजलासमा आजदेखि रिट निवेदकका मुख्य मागका सम्बन्धमा सुनुवाइ हुनेछ । 

रिटमा प्रतिनिधि सभा विघटन गैरसंवैधानिक रहेकाले त्यसलाई बदर गर्न माग गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्