११ साउन २०८३, सोमबार

पाकिस्तानमा सिन्धु देश बनाउन माग गर्दै प्रदर्शन

माघ ५, २०७७
पाकिस्तानमा सिन्धु देश बनाउन माग गर्दै प्रदर्शन

पाकिस्तानको सिन्ध प्रान्तलाई बेग्लै सिन्धुदेश बनाउन माग गर्दै आइतवार प्रदर्शन गरिएको छ । 

प्रदर्शनमा भाग लिएका मानिसले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र संसारका अन्य नेताको तस्वीर बोक्दै सिन्धुदेश बनाउन माग राखेका हुन् । त्यसक्रममा प्रदर्शनकारीहरूले स्वतन्त्रताको समर्थनमा नारा लगाएका थिए । 

समाचार संस्था एएनआईका अनुसार, जुलूस सान बस्तीमा निकालिएको थियो । सिन्धको भूमि चीनलाई दिइएको र समुद्री क्षेत्र पनि चीनलाई माछा समात्न दिइएको भन्दै उनीहरूले विरोध गरेका छन् । 

सिन्धका विभिन्न पार्टीले बंगलादेश स्वतन्त्र भएदेखि नै सिन्धको पनि स्वतन्त्रताको माग गरिरहेका हुन् । 

चीन पाकिस्तान आर्थिक कोरिडोरको विरोध गर्ने पनि ती पार्टीहरूको धारणा छ । चीनले सिन्ध र बलुचिस्तानमा कब्जा गर्न चाहेको बलूच राजी अलोई संगर संगठनका प्रवक्ता बलोच खानले बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्