
क्युबामा जिउँदो मानिसलाई कफिन वा ताबूतमा राखेर शहर परिक्रमा गराइने अनौठो परम्परा छ । सान्टियागो दे लास भेगास गाउँमा यो अनौठो परम्परा मान्ने गरिएको हो ।
ताबूतका पछाडि व्यक्तिका नातेदार र इष्टमित्रको भीड हुन्छ । सबैजना रक्सीको नशामा चुर हुन्छन् अनि ताली बजाउँदै नाचगान गर्छन् ।
ताबूतमा बस्ने पुरुषलाई मानिसहरूले एउटा ठूलो भाँडोबाट रक्सी पनि पिलाउँछन् ।
अनि सेतो कपाल भएकी एक महिला ताबूतमा बस्ने उक्त पुरुषकी विधवा पनि बन्छिन् ।
सन् १९८४ देखि मात्र यो पर्व मनाउन थालिएको हो । स्थानीय कार्निभल सीजनको अन्त्यका लागि नक्कली अन्तिम संस्कार गर्ने सोच गाउँलेहरूमा आएको थियो ।
यस पर्वको नाम बरियल अफ पाचेन्चो हो । सन् १९८४ मा त्यस गाउँमा पाचेन्चो नामक नाटक देखाइएपछि गाउँलेहरूले पर्वको नाम त्यस आधारमा राखेका हुन् ।
पाचेन्चो कुनै पनि वास्तविक व्यक्तिको प्रतिनिधि हैन । ऊ लोककल्पनाको उपज हो ।