२१ असार २०८३, आइतबार

इसेवा मनि ट्रान्स्फर र लिगल रेमिटबीच सम्झौता, अष्ट्रेलियाबाट सहजै रेमिट्यान्स् पठाउन सकिने

इसेवा मनि ट्रान्स्फर र लिगल रेमिटबीच सम्झौता, अष्ट्रेलियाबाट सहजै रेमिट्यान्स् पठाउन सकिने

इसेवा मनि ट्रान्स्फर र अष्ट्रेलियाका लिगल रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।

सम्झौतापत्रमा इसेवा मनि ट्रान्स्फरका प्रबन्ध निर्देशक अजेश कोइराला र लिगल रेमिटका तर्फबाट निर्देशक विवेक ढकालले हस्ताक्षर गरेका छन् ।

यो सँगै अष्ट्रेलियामा रहेका नेपालीहरूलाई नेपालमा रेमिट्यान्स् पठाउन अझ सहज भएको छ ।

अष्ट्रेलियाबाट नेपालीहरूले नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा रकम पठाउन सकिनेछ । 

नगदमा पठाइएको रकम इसेवा मनि ट्रान्स्फरका नेपाल भर रहेका ८ हजार भन्दा धेरै एजेन्ट तथा इसेवावालेट एप मार्पmत पनि प्राप्त गर्न सकिनेछ ।

त्यसै गरी बैंक खातामा पठाएइको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । नगदमा पठाइएको रकम इसेवा वालेटमा रिसिभ गर्दा रू ५५ अतिरिक्त क्यासब्याक प्राप्त हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्