२८ असार २०८३, आइतबार

धम्काएर रकम असुली गर्न खोज्ने ३ जना पक्राउ

धम्काएर रकम असुली गर्न खोज्ने ३ जना पक्राउ

काठमाडौं उपत्यकाका विभिन्न व्यक्तिहरूलाई धम्काउँदै रकम असुली गर्न खोज्ने गिरोहलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । 

गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको महाशाखाले सोमवार जनाएको हो । 

महाशाखाका अनुसार, पक्राउ पर्नेमा दोलखाका १९ वर्षीय प्रदीप कार्की, २१ वर्षीय किरण कार्की र १९ वर्षीय सुरज भण्डारीलाई पक्राउ गरिएको हो ।

उनीहरूले काठमाडौं उपत्यकाभित्र विभिन्न व्यक्तिहरूलाई फोन तथा एसएमएस गरी ज्यान मार्ने धम्की दिँदै लाखौं रकम माग गरेका थिए ।

उनीहरूलाई आइतवार बागबजार मोडल अस्पताल अगाडिबाट पक्राउ गरिएको हो । उनीहरूको साथबाट ५ वटा मोबाइल तथा सिमहरूसमेत बरामद गरेको प्रहरीले जनाएको छ । 

उनीहरूमाथि थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत नयाँ बानेश्वर पठाइएको महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्