१४ असार २०८३, आइतबार

नक्कली मूल्य अभिवृद्धि कर बिल तयार गरी छ करोड ५२ लाख ठगी

नक्कली मूल्य अभिवृद्धि कर बिल तयार गरी  छ करोड ५२ लाख ठगी

राजश्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल तयार गरी रु छ करोड ५२ लाख १३ हजार ७२६ बराबरको ठगी गरेको अभियोगमा सुलभ टे«ड कन्सर्नका सञ्चालक अमिरी ठाकुरविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।

विभागका अनुसार बारा विश्रामपुर–५ का ठाकुरले वस्तु तथा सेवा नै खरीद नगरी नक्कली बिल बीजक जारी गरेको पाइएको छ । विभागले आरोपी ठाकुरलाई बिगो असुल गरी कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्