२० असार २०८३, शनिबार

प्रसारण लाइनमा जडित फाइबर प्रयोग गरेबापत लाग्ने भाडादर दोब्बर बढ्यो

माघ ६, २०७७
प्रसारण लाइनमा जडित फाइबर प्रयोग गरेबापत लाग्ने भाडादर दोब्बर बढ्यो

नेपाल विद्युत् प्राधिकरणले आफ्नो पोल र केबल प्रयोग गरी सेवा विस्तार गर्ने इन्टरनेट र केबल टेलिभिजन सेवा प्रदायकका लागि नयाँ भाडादर तय गरेको छ । प्राधिकरणले माघ २ देखि लागू हुने भन्दै नयाँ भाडादर तय गरेपछि यसले इन्टरनेटको मूल्य बढ्न सक्ने व्यवसायीको चेतावनी छ ।

प्राधिकरणले आफ्नो अप्टिकल फाइबर र पोल प्रयोग गर्नेहरूलाई पुस २८ मा पत्र लेख्दै माघ २ देखि पुरानो सम्झौताको म्याद समाप्त हुने र नयाँ सम्झौता गर्दा नयाँ भाडादर लागू हुने भन्दै पत्र लेखेको हो । प्राधिकरणको पत्रअनुसार ६६ केभी र ३३ केभी वा त्योभन्दा कम भोल्टेज स्तरको प्रसारण लाइनमा भएको अप्टिकल फाइबरको भाडादर दोब्बर बनाइएको छ ।

प्राधिकरणको ६६ केभी र त्योभन्दा माथिल्लो भोल्टेज स्तरको प्रसारण लाइनमा जडित फाइबर कोरको प्रतिकिमि प्रतिवर्ष प्रतिफाइबर कोरको भाडादर करबाहेक ३२ हजार रुपैयाँ लाग्ने पत्रमा उल्लेख छ । यस्तै ३३ केभी र त्यसभन्दा मुनिको भोल्टेज स्तरको वितरण लाइनमा जडित फाइबर कोरको हकमा प्रतिकिमि प्रतिवर्ष फाइबर कोरको भाडादर करबाहेक ३० हजार रुपैयाँ लाग्ने पत्रमा उल्लेख छ । प्राधिकरणको वितरण र प्रसारण लाइनमा जडित फाइबर प्रयोग गरेबापत लाग्ने भाडादर दोब्बर बढेको इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) अध्यक्ष सुधीर पराजुलीले बताए । कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्