२१ जेठ २०८३, बिहीबार

‘म जिउँदै छु’, आफू बाँचिरहेको साबित गर्न यी महिलालाई हैरानी

चैत २०, २०७७
‘म जिउँदै छु’, आफू बाँचिरहेको साबित गर्न यी महिलालाई हैरानी

फ्रान्समा एक महिलाले विगत तीन वर्षदेखि आफूलाई जिउँदो रहेको साबित गर्न हैरानी खेप्नुपरेको छ । 

जीन पूचाँ नामक ती महिला फ्रान्सको प्रशासनिक रेकर्डमा विद्यमान छैनन् किनकि एक अदालतले सन् २०१७ मा उनलाई मृत घोषणा गरेको छ । उनले आफ्नो क्लीनिङ कम्पनीमा पूर्व कामदारसँग कानूनी लडाइँ लडेकी थिइन् । 

स्थानीय संवाददाताहरूसँग कुरा गर्दै पूचाँले यस विषयमा वकिलसँग कुरा गर्न जाँदा यसलाई छिट्टै हल गरिने बताएको तर अहिलेसम्म नभएको जानकारी दिइन् । 
 

पूचाँको यस्तो समस्याका कारण उनी र उनका पति र छोराले संयुक्त बैंक खाता चलाउन पाएका छैनन् ।

उनको परिचयपत्र, सवारी चालक अनुमतिपत्र र स्वास्थ्य बीमा समेत रद्द भएको छ । 

तिर्न बाँकी रहेको ऋणका कारण अधिकारीहरूले कार जफत गरेको र फर्निचर पनि लैजाने उनी बताउँछिन् ।

सन् २०१७ मा लियोनको एक अदालतले पूचाँलाई मृत घोषित गरेको थियो यद्यपि मृत्यु प्रमाणपत्र उपलब्ध गराइएको थिएन । 
 

पूचाँको क्लीनिङ कम्पनीकी एक कामदारले २० वर्षअघि जागिर गुमाएकोमा क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेकोमा सन् २०१७ को नोभेम्बर महिनामा अदालतको फैसला आएको थियो । 
 

पूचाँ र उनका वकिलले एकपछि अर्को न्यायिक त्रुटि भएकाले सन् २०१७ मा पूचाँलाई जीवित नरहेको भनी फैसला दिएको थियो । 

आफू र आफ्ना नातेदारलाई सुनुवाइको लागि समन जारी नगरिएकोले कानूनी लडाइँ नै अनौठो लागेको उनी बताउँछिन् । 

पूर्व कर्मचारीले मृत्युको हौवा फैलाएर आफ्नो जायजेथामा दाबी गर्न खोजेको उनी बताउँछिन् । 
 

salt training

कमेन्ट गर्नुहोस्