२१ असार २०८३, आइतबार

सपथलगत्तै बाइडेनको* सम्बोधन : के–के भने ?

माघ ८, २०७७
सपथलगत्तै बाइडेनको* सम्बोधन : के–के भने ?

जो बाइडेन अमेरिकी इतिहासमा सबैभन्दा बढी उमेरका राष्ट्रपति बनेका छन् । ७८ वर्षीय उनले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । कमला ह्यारिसले पनि उपराष्ट्रपतिको शपथ लिएकी छिन् ।
शपथपछि सम्बोधन गर्दै बाइडेनले आज अमेरिका र लोकतन्त्रको दिन भएको भन्दै लोकतन्त्रलाई कहिल्यै मर्न नदिने प्रण गरे । उनले भने, ‘यो अमेरिकाको दिन हो । लोकतन्त्रको दिन हो । आशाहरुको दिन हो । हामी

प्रजातन्त्रका लागि काम गरिरहेका छौं । हामीले यो फेरि बुझेका छौं कि प्रजातन्त्र कमजोर र नाजुक अवस्थामा छ, तर लोकतन्त्र कायमै छ ।’
उनले अगाडि भने, ‘केही दिनअघि यहाँ हिंसा हुन पुग्यो । जवकी दुई सय वर्षअघिदेखि शान्तिपूर्वक सत्ता हस्तान्तरण भइरहेको  थियो । म सबै पूर्वराष्ट्रपतिलाई धन्यवाद दिन चाहन्छु । जो यहाँ आएनन् उनलाई पनि सलाम, तर उनले अमेरिकाको सेवा गर्ने मौका पाए ।’

उनले आगामी दिन चुनौतिपूर्ण र धेरै लामो यात्रा तय गर्नुपर्ने भन्दै राम्रो गर्नका लागि सम्पूर्ण शक्ति खर्चिने बताए ।
उनले भने, ‘पूरै अमेरिकाको एकजुट राख्नको लागि मेरो आत्मादेखि नै कोशिस रहनेछ । म हरेक अमेरिकीलाई यसमा गम्भीर हुन अपील पनि गर्दछु ।’ सबैखालको आतंकवाद एकताबाटै हराउन सकिने उनको भनाइ छ ।

-यसअघि समाचारको शीर्षकमा बाइडेन हुनुपर्नेमा अन्यथा भएकाले क्षमायाचनासहित सच्याइएको छ

salt training

कमेन्ट गर्नुहोस्