२० असार २०८३, शनिबार

सहकर्मीलाई हेप्ने कर्मचारीलाई तत्काल बर्खास्त गर्ने बाइडनको चेतावनी

माघ ८, २०७७
सहकर्मीलाई हेप्ने कर्मचारीलाई तत्काल बर्खास्त गर्ने बाइडनको चेतावनी

अमेरिकाका राष्ट्रपति जो बाइडनले बुधवार कर्मचारीहरूलाई पद तथा गोपनीयताको शपथ दिलाउँदै एकअर्कालाई सम्मान गर्न आग्रह गरेका छन् । 

अपमान गर्नेलाई ठाउँको ठाउँ बर्खास्त गर्ने चेतावनी उनले दिएका छन् । 

स्टेट डाइनिङ रूममा बोल्दै बाइडनले जीवनभरि अपनाएको मर्यादा पालनमा जोड दिए । उनले नवनियुक्त कर्मचारीहरूलाई संसारको सबभन्दा मर्यादित सरकारसँग काम गरिरहेको र सबैले मिलेर देशको आत्मा पुनर्बहाली गर्नुपर्ने बताए । 

‘जसको जे पृष्ठभूमि भए पनि प्रत्येक व्यक्तिको मर्यादालाई सम्मान गर्नुपर्छ,’ बाइडनले भने । ‘तपाईंहरूले यसलाई मनन गर्नुहुन्छ भन्ने मेरो अपेक्षा छ ।’

पूर्ववर्ती राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकालमा कर्मचारीहरू एकले अर्कालाई हेप्ने, कुरा चुहाइदिने लगायत काम गर्ने गरेका थिए । त्यसलाई बाइडनले अन्त्य गर्न खोजेका छन् । 

उनले कर्मचारीहरूलाई आफूप्रति भन्दा पनि अमेरिकी जनताप्रति बफादारिता कायम गर्न आग्रह गरे । ट्रम्पले अरू कुराभन्दा पनि उनीप्रतिको बफादारितामा जोड दिएका थिए । 

‘मानिसहरू हाम्रा लागि काम गर्दैनन्, हामी मानिसहरूका लागि काम गर्छौं,’ बाइडनले भने । ‘म मानिसहरूका लागि काम गर्छु । उनीहरूले मेरो तलब बेहोर्छन् । उनीहरूले तपाईंहरूको तलब बेहोर्छन् ।’
 

salt training

कमेन्ट गर्नुहोस्