२० असार २०८३, शनिबार

भारतीय राजदूत क्वात्राबाट स्वास्थ्यमन्त्री त्रिपाठीलाई कोरोना खोप हस्तान्तरण

भारतीय राजदूत क्वात्राबाट स्वास्थ्यमन्त्री त्रिपाठीलाई कोरोना खोप हस्तान्तरण

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतबाट आएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका छन् ।

बिहीवार काठमाडौं पुगेको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूत क्वात्राले मन्त्री त्रिपाठीलाई हस्तान्तरण गरेका हुन् ।

भारत सरकारले कोरोना विरुद्धको १० लाख मात्राको खोप सहयोग गर्ने जनाएको छ । 

बुधवार स्वास्थ्य मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गर्दै मन्त्री त्रिपाठी र राजदूत क्वात्राले खोपबारे जानकारी दिएका थिए । 

भारतले नेपालसहित भुटान, बंगलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई पनि खोप अनुदान सहायता स्वरूप उपलब्ध गराएको छ ।

नेपालले कूल जनसंख्याको ७२ प्रतिशतलाई खोप लगाउन उपयुक्त जनसंख्याका रूपमा तय गरिसकेको छ । पहिलो चरणमा अनुदानमा प्राप्त खोप अग्रपंक्तिमा खटिनेहरूलाई दिइने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्