
ह्वाइट हाउसबाट निस्केपछि अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प कहाँ बस्ने भन्ने विषयमा चर्चा चलिरहेको छ ।
वाशिङटनबाट बुधवार निस्केर ट्रम्प फ्लोरिडामा रहेको पाम बीच रिजोर्ट पुगे । तत्कालका लागि ट्रम्प रिजोर्ट होममा नै बस्नेछन् ।
बाइडनले शपथग्रहण लिएकै दिन आधिकारिक विमान एयर फोर्स वान चढेर ट्रम्प फ्लोरिडा पुगेका हुन् । ट्रम्पलाई स्वागत गर्न सयौं मानिस किनारमा उभिएका थिए ।
ट्रम्पले सन् २०२४ मा पुनः चुनाव लड्न सक्ने संकेत दिएका छन् । माथिल्लो सदन सिनेटमा उनीमाथि महाअभियोगको ट्रायल चलिरहेको छ । ट्रायलमा ट्रम्पलाई पुनः चुनाव लड्नलाई रोक्न सकिन्छ ।

मार–ए–लागो बीच रिजोर्टमा लामो समय बस्दा ट्रम्पलाई समस्या आउन सक्छ । ट्रम्पले रिजोर्टलाई घर बनाएमा सुरक्षा प्रबन्धका कारण अरू मानिसलाई समस्या आउन सक्नेछ ।
ट्रम्पले कति समयसम्म रिजोर्ट होममा बस्ने भनी खुलाएका छैनन् । उनको आगामी राजनीतिक योजना पनि स्पष्ट छैन ।
नयाँ पार्टी बनाउने विषयमा पनि उनले चर्चा गरेका छन् ।