२३ असार २०८३, मंगलबार

शिवसेनाले पुलवामा आक्रमणका विषयमा भाजपामाथि लगायो गम्भीर आरोप

माघ १०, २०७७
शिवसेनाले पुलवामा आक्रमणका विषयमा भाजपामाथि लगायो गम्भीर आरोप

अमेजन प्राइम भिडियोले बनाएको वेब सिरीज ताण्डवको विरोध प्रकरणलाई लिएर शिवसेनाले भारतीय जनता पार्टीमाथि गम्भीर आरोप लगाएको छ । 
 

भाजपाले अनेकौं ताण्डव गरिरहेको भनी शिवसेनाको आधिकारिक पत्रिका सामनामा शिवसेनाले लेख्यो । 
 

अर्णव गोस्वामीको च्याट लीक भएको विषयलाई सन्दर्भ बनाउँदै शिवसेनाले लोकसभा निर्वाचन जित्न ४० जवानको रगत बगाइएको भनी भाजपामाथि आरोप लगाएको छ ।

यस्तै किसिमका आरोप यसअघि पनि लगाइएको थियो र अर्णवको ह्वाट्सयाप च्याट बाहिर आएपछि यी आरोप थप पुष्टि भएको शिवसेनाले बताएको छ । यति ठूलो काण्ड हुँदा पनि भाजपाले ताण्डव त परै जाओस्, भाँगडा पनि नगरेको र भगवान् राम पनि टाउको ठोकिरहनुभएको होला भनी शिवसेनाले लेखेको छ । 

राष्ट्रिय सुरक्षासँग सम्बन्धित गोप्य कुरा गोस्वामीले सार्वजनिक गरिदिँदा भाजपाले किन ताण्डव नगरेको भनी शिवसेनाले प्रश्न सोधेको छ । ‘चीन लद्दाखमा प्रवेश गरेर हिन्दुस्तानी भूमि कब्जा गर्दा भाजपा किन ताण्डव गर्दैन ? गोस्वामीले ४० जना जवानको हत्यामा आनन्द व्यक्त गर्दा देश, देव र धर्मको अपमान भएको छ,’ शिवसेनाले लेखेको छ । 

भाजपा अब हास्यव्यंग्यको विषय बनेको उसले लेखेको छ । दिनदिनै नयाँ स्वाङ र ढोङ रचेर जनतालाई मनोरञ्जन गर्ने प्रयोग भाजपाले गरिरहेको शिवसेनाको आक्षेप छ । 
 

अर्णव गोस्वामीको च्याट लीक भएको विषयमा विपक्षी दलहरूले राष्ट्रिय सुरक्षाको विषय उठाउँदै सरकारसँग जवाफदेहिताको माग गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्