३० जेठ २०८३, शनिबार

२०२० मा आगलागीबाट चीनमा एक हजार १८३ जनाको मृत्यु

माघ ९, २०७७
२०२० मा आगलागीबाट चीनमा एक हजार १८३ जनाको मृत्यु

सन् २०२० मा आगलागीबाट चीनमा एक हजार १८३ जनाको मृत्यु भएको छ । यो अघिल्लो वर्षको तुलनामा १३.६ प्रतिशतले कमी सरकारी अधिकारीले शुक्रबार बताएका छन् ।

विपत् व्यवस्थापन मन्त्रालयले एक विज्ञप्तिमार्फत दिएको जानकारीमा गत वर्ष चीनमा दुई लाख ५२ हजार आगलागीसम्बन्धी दुर्घटनामा भएका थिए भने यो अघिल्लो वर्षको तुलनामा १.४ प्रतिशतले कमी हो । आगलागीका कारण चीनमा गत वर्ष प्रत्यक्ष रूपमा ६२ करोड ५९ लाख अमेरिकी डलर बराबरको क्षति भएको र यो सन् २०१९ को तुलनामा ०.५ प्रतिशतले कमी हो ।

यसैबीच चीनमा हुने गरेका झण्डै ५० प्रतिशत आगलागीका घटना ग्रामिण क्षेत्रमा हुने गरेको पनि अधिकारीले बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्