०६ असार २०८३, शनिबार

१५ हजारले लिए पुस महिनामा श्रम स्वीकृति

१५ हजारले लिए पुस महिनामा श्रम स्वीकृति

वैदेशिक रोजगारीमा जान झन्डै १५ हजार श्रमिकले पुस महिनामा श्रम स्वीकृति लिएका छन् ।
पुस महिनामा १३ हजार ३९७ पुरुष र एक हजार ३५६ महिला  गरी  १४  हजार  ७५३  जनाले विभिन्न ५७  देशमा  जान  श्रम  स्वीकृति लिएको   वैदेशिक   रोजगार   विभागले जनाएको छ।
सबैभन्दा बढी संयुक्त अरब इमिरेटस् (यूएई)मा  चार  हजार  ७७२  जनाले  श्रम स्वीकृति  लिएका  छन्।  

यस्तै  कतारका लागि तीन हजार ८८२ र साउदीका लागि तीन  हजार  ७६३  जनाले  श्रम  स्वीकृति लिएका छन्। कोरोना सुरु भएयता हालसम्म ४२ हजार नेपाली युवाले श्रम स्वीकृति लिएको पनि विभागले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्