०७ साउन २०८३, बिहीबार

ललितपुरका २०भन्दा बढी स्थानमा आज बत्ती नआउने, प्राधिकरणले निकाल्यो 'सटडाउन' तालिका

ललितपुरका २०भन्दा बढी स्थानमा आज बत्ती नआउने,  प्राधिकरणले निकाल्यो 'सटडाउन' तालिका

शनिवार ललितपुरका २०भन्दा बढी स्थानमा विद्युत कटौती हुने भएका छन् । 

शनिवार १२ बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न फीडरअन्तर्गतका विद्युत रोकिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार, चापागाउँ फीडरअन्तर्गत चापागाउँ दोबाटो, साङ्पाङ चोक, ढोलाहिटी, सुनाकोठी, धापाखेल दोबाटो, ठेचो, चापागाउँ, टाखेल, लेले, टिकाभैरव लगायतका स्थानहरूमा विद्युत कटौती हुनेछ । 

यस्तै बागमती फीडरअन्तर्गत सानेपा रामा मन्दिर, गुसिंगाल, एडभान्स कलेज, लीला घर, अमरावती, सानेपा मोड, रेडियन्ट स्कूललगायतका क्षेत्रमा बिहान ११ बजेदेखि बत्ती काटिएको छ । प्राधिकरणले त्यस क्षेत्रमा दिउँसो १ बजेसम्म विद्युत प्रवाह नहुने जनाएको छ । 

यस्तै भरतपुर महानगरपालिकाको वडा नम्बर १६,१७ र १८ का विभिन्न क्षेत्रहरूमा विद्युत प्रवाह बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि रोकिएको छ ।

यस्तो छ तालिका

 
 

कमेन्ट गर्नुहोस्