
पछिल्लो २४ घन्टामा मुलुकभर २ सय ३२ जनामा कोरोना संक्रमण भएको छ ।
३ हजार ५ सय ४१ जनाको पीसीआर परिक्षण गर्दा शनिवार २ सय ३२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यससँगै मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १ सय ८० पुुगेको छ ।
शनिवार ३ सय ८६ जना संक्रमित कोरोना भाइरस मुक्त भएका छन् । यससँगै कोरोना भाइरसमुक्त हुनेहरूको संख्या २ लाख ६३ हजार ७ सय ३४ पुगेको छ ।
कोरोना भाइरस मुक्त हुने दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
यस दिन ८ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मुलुकभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ९४ रहेको छ ।