०८ साउन २०८३, शुक्रबार

विप्लवले भने– केपी ओली चरम सङ्कटमा पर्दै गइरहेका छन्, हाम्रो क्रान्ति रोकिँदैन

विप्लवले भने– केपी ओली चरम सङ्कटमा पर्दै गइरहेका छन्, हाम्रो क्रान्ति रोकिँदैन
फाइल तस्बिर

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले प्रधानमन्त्री केपी शर्मा ओली चरम संकटमा पर्दै गइरहेको टिप्पणी गरेका छन् । उनले ओली नेपाली जनताको आवश्यकता पूरा गर्न पूर्ण रूपले असफल भएको पनि दावी गरेका छन् ।

‘वर्तमान केपी वली सरकार यतिबेला आफैँले संसद् विघटन गरेपछि स्वयम् चरम सङ्कटमा पर्दै गइरहेको छ । राष्ट्र र जनताका तमाम समस्याहरू समाधान गर्नतर्फ केन्द्रित नरही वर्तमान सरकार फासिवादी शैलीले हाम्रो पार्टी, क्रान्ति र जनाविरुद्ध निरन्तर दमनमा तल्लीन रहेको छ’, विप्लवले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा सरकारी दमनले आफूहरुको क्रान्ति नरोकिने भन्दै बरु अझ थप उचाइमा प्रतिरोध गर्दै अघि बढ्ने बताएका छन् ।

गत पुस २९ गते पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेता–कार्यकर्ताहरूको गिरफ्तारी विरुद्ध आन्दोलित विप्लव समूहले शनिबार नेपाल बन्दको आह्वान समेत गरेको थियो । बन्दको आंशिक प्रभाव देखिएपनि विभिन्न स्थानमा शंकास्पद बस्तु फेला पर्नुका साथै सवारीसाधनमा छिटपुटरुपमा आगजनीका घटना समेत बाहिर आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्