०३ असार २०८३, बुधबार

सरकारको विरोध गर्ने कर्मचारीमाथि कर्के नजर

माघ ११, २०७७
सरकारको विरोध गर्ने कर्मचारीमाथि कर्के नजर

कान्तिपुर दैनिकले ‘जब बाकसमा आइपुगे परदेशबाट आफन्त’ शीर्षकमा पहिलो पृष्ठमा समाचार छापेको छ । रोजगारीका लागि मलेसिया गएर उतै मृत्यु भएका १८ नेपालीको शव शनिबार स्वदेश ल्याइएको थियो । १६ शव ल्याउन बाँकी नै रहेको पनि समाचारमा उल्लेख छ । कमाउनका लागि वर्षौदेखि विदेशिएका आफन्तको मृत्युको कारण धेरैजसो परिवारका सदस्यलाई थाहै हुँदैन ।

सोही पत्रिकाले ‘कर्मचारीमाथि कर्के नजर’ शीर्षकमा समाचार छापेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा लाग्ने निजामती कर्मचारीमाथि सरकारले निगरानी गर्न थालेको समाचारमा उल्लेख छ । स्रोतका अनुसार मन्त्रालयका सचिवहरुमार्फत आन्दोलनमा जाने कर्मचारीले कार्यालयमा हाजिर गरे नगरेको रेकर्डलाई निगरानी राख्न थालिएको छ । आन्दोलनमा लागेका कर्मचारीलाई सरुवा गर्नेसम्मको धम्की पनि दिन थालिएको छ । नेकपा प्रचण्ड–नेपाल समूहले शुक्रबार राजधानीमा गरेको प्रदर्शनमा नजान दबाब दिइएको कर्मचारी संघ संगठनका नेताहरुले बताएका छन् ।

यस्तै कान्तिपुरमै निर्वाचन आयोगले नेकपाका दुबै पक्षका दावी नमान्ने निर्णय लिने भएको खबर छापिएको छ । समाचारमा भनिएको छ–आयागले औपचारिक रुपमा नेकपा अझै एउटै रहेको निर्णय गर्ने तयारी गरेको छ ।
दुबै पक्षले अलग अलग ढंगले पार्टीमा गरेको फेरबदललाई आयोगले पुनः अस्वीकार गर्ने भएको हो । दलको विधानलाई आधार मानिएर सोधिएका सवालमा दुबै पक्षले दिएको जबाफप्रति आयोग सन्तुष्ट हुन सकेको छैन । प्रधानमन्त्री केपी ओलीलाई नेकपा अध्यक्षबाट हटाइएको, माधव नेपाललाई अध्यक्ष बनाइएको, प्रचण्डको कार्यकारी अधिकार खोसिएको, विधान संशोधन, केन्द्रीय समितिविस्तारलगायतका निर्णयहरु विधानसम्मत नरहेको निष्कर्ष आयोगको छ ।

salt training

कमेन्ट गर्नुहोस्