३० जेठ २०८३, शनिबार

डा. भगवान कोइरालाको मिर्गौलामा पत्थरी देखिएपछि शल्यक्रिया

डा. भगवान कोइरालाको मिर्गौलामा पत्थरी देखिएपछि शल्यक्रिया
फाइल फोटो

चर्चित डाक्टर तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको मिर्गौलाको पत्थरी सम्बन्धी शल्यक्रिया गरिएको छ ।

गत बुधवार बिहानदेखि पिसाबमा संक्रमण भएपछि डा. कोइराला अस्पताल भर्ना भएका थिए । 

सामाजिक सञ्जाल फेसबूकमार्फत जानकारी दिँदै डा. कोइरालाले मिर्गौलामा ४ मिलिमिटरको पत्थरी देखिएपछि शल्यक्रिया गरिएको जनाएका छन् ।

उनले लेखेका छन्, ‘ मेरो पेशागत जीवनमा २४ घण्टासम्म फोन नउठाएको पहिलोपल्ट थियो । वास्तवमा उठाउन नै सकिनँ । अनि बन्द गर्न ठिक ठानें । ३ रात सहनै नसकिने गरी भएको दुखाइसँग संघर्षरत थिएँ । जसको कारण मूत्रनली र मिर्गौलामा ४ मिलिमिटरका २ वटा साना पत्थर थिए ।’

शल्यक्रियापछि शरीर सुन्निएको र असामान्य दुखाइ भए पनि अहिले सञ्चो हुँदै गएको डा. कोइरालाले जनाएका छन् ।

This was the first time in my professional life I did not pick up my phone for 24 hours, and in fact could not. And then...

Posted by Bhagawan Koirala on Saturday, January 23, 2021

salt training

कमेन्ट गर्नुहोस्