
काठमाडौं ११ पुस - माओवादीवाट अलग्गीएको १५ महिनापछि माओवादी ‘जनयुद्ध’का दुई हस्ती प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति नेपाल अभियानका संयोजक डा बावुराम भट्टराई एउटै मञ्चमा बसेका छन् ।
एक महिना अगाडि निधन भएका माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको जीवनीमा आधारित पुस्तक ‘चाचा’को बिमोचन कार्यक्रममा सोमबार प्रचण्ड र बावुराम एउटै मञ्चमा देखिएका हुन् ।
संविधान जारी भएलगत्तै २०७२ असोजमा पूर्वप्रधानमन्त्री भट्टराई माओवादी परित्याग गरेर नयाँ शक्ति अभियानमा लागेका थिए ।