
पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३ जनामा कोरोना संक्रमण भेटिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनामा ३ सय ३ जनामा नयाँ संक्रमण भेटिएको र २ सय ८५ जना संक्रमणमुक्त भएको उल्लेख गरिएको छ ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६ जनाको मृत्यु भएको जनाएको छ । अहिले नेपालमा कूल संक्रमितको संख्या ३ हजार २ सय ५२ रहेको मन्त्रालयको सूचनामा जनाइएको छ ।
हालसम्म कोरोनाका कारण नेपालमा २ हजार १७ जनाको मृत्यु भइसकेको छ भने २ लाख ६४ हजार ८२३ जना संक्रमणमुक्त भएका छन् ।