०७ साउन २०८३, बिहीबार

भिमार्जुन आचार्यको टिप्पणी : अस्थिरता कायम गर्न खोज्नेहरूले यसपटक ओलीमार्फत योजना पूरा गर्न खोजे

भिमार्जुन आचार्यको टिप्पणी : अस्थिरता कायम गर्न खोज्नेहरूले यसपटक ओलीमार्फत योजना पूरा गर्न खोजे

संविधानविद् डा. भिमार्जुन आचार्यले सशस्त्र द्वन्द्वका नेतृत्वहरू मार्फत समाजलाई विभाजन गरि स्थायी अस्थिरता कायम गर्न खोजिएको अधुरो योजना यसपटक प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत उनीहरूले पूरा गर्न खोजेको टिप्पणी गरेका छन् । 

बुधवार एक ट्वीट गर्दै संविधानविद् आचार्यले यसबाट देश र देशको हित चाहने सबै नागरिक र राजनीतिक शक्तिहरू सतर्क हुनुपर्ने समेत जनाएका छन् । 

उनले लेखेका छन्,'सशस्त्र द्वन्द्वका नेतृत्वहरू मार्फत समाजलाई विभाजन गरि स्थायी अस्थिरता कायम गर्न खोजिएको अधुरो योजना यसपटक ओलीजी मार्फत उनीहरुले पुरा गर्न खोजेको देखिन्छ । देश र देशको हित चाहने सबै नागरिक र राजनीतिक शक्तिहरु यसमा सजक र सतर्क हुन आवश्यक छ । न्युनतम आवश्यकता विधिको पुनर्बहाली हो।'

कमेन्ट गर्नुहोस्