यो कठ्यांग्रिदो जाडोमा बच्चाहरूलाई सखरखण्ड खुवाउनु उत्तम हुन्छ । सखरखण्ड गुलियो हुन्छ र पोषक तत्त्वले भरपूर पनि ।
कार्बोहाइड्रेट र बिटा–क्यारोटिनको यो राम्रो स्रोत हो । यसमा पोटेसियम, क्याल्सियम, भिटामिन ए, सी र बी कम्प्लेक्स पनि पाइन्छ ।
भिटामिन ए भरपूर भएकाले सखरखण्डले बालबालिकाको आँखा बलियो बनाउँछ । शारीरिक विकासलाई पनि यसले सहायता गर्छ ।
शरीरमा मेटाबोलिजम सही राख्नका लागि अनेकौं खनिज पदार्थ उपयोगी हुन्छन् । सखरखण्डमा यी सबै पदार्थ पाइन्छन् ।
यसमा स्टार्च र डायटरी फाइबर पनि भरपूर छ । शरीरले स्टार्चलाई सुगरमा परिणत गर्छ र ऊर्जाको काम गर्छ । यसको सेवन गर्दा बालबालिका फुर्तिला रहन्छन् । डायटरी फाइबरले बालबालिकालाई कब्जियत हुन दिँदैन ।
बच्चाहरूलाई यसको स्वाद मन पर्छ । परेन भने जबर्जस्ती चाहिँ खुवाउनुहुँदैन । विभिन्न किसिमका रेसिपी बनाएर यसलाई खुवाउनुपर्छ । बालबालिकाको स्वास्थ्य राम्रो बनाउन यो लाभदायक छ ।
एजेन्सी