०५ असार २०८३, शुक्रबार

वामदेव गौतमले शुरू गरे नेकपा एकता राष्ट्रिय अभियान, को–को भए सहभागी ?

वामदेव गौतमले शुरू गरे नेकपा एकता राष्ट्रिय अभियान, को–को भए सहभागी ?

नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् । बुधवार राजधानीको एक पार्टी प्यालेसमा कार्यक्रमको आयोजना गरी गौतमले अभियान घोषणा गरेका हुन् ।

प्रतिनिधि सभा विघटनको घटनापछि नेकपा दुई चिरामा बाँडिए पनि गौतम कुनै समूहमा सहभागी भएका छैनन् ।

निर्वाचन आयोगले विभाजनलाई वैधता नदिए पनि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहले छुट्टा–छुट्टै राजनीतिक गतिविधि सञ्चालन गरिरहेका छन् ।

गौतमको अभियानमा नेकपा केन्द्रीय सदस्य हरि पराजुली, प्रा.डा. हिराबहादुर महर्जन, प्रा.डा. प्रकाशमान श्रेष्ठ, बाबुराम थापा, तुलसी थापा, रमेश महर्जन, भोजराज भट्टराई, डीबी कार्कीलगायत छन् । 

डा. महर्जन त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति हुन् । पराजुली पूर्वमन्त्री हुन् भने कार्की पूर्व सभासद हुन् ।

कार्यक्रममा नेकपाका उल्लेख्य कार्यकर्ता सहभागी छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्