३० असार २०८३, मंगलबार

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा बहस गर्न तोकियो समय, अब बढीमा १५ मिनेट

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा बहस गर्न तोकियो समय, अब बढीमा १५ मिनेट

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइमा बहस गर्ने कानून व्यवसायीका लागि समय तोकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बढीमा १५ मिनेट मात्र बहस गर्न पाउने गरी समय तोकिएको बुधवार जानकारी गराएका छन् ।

प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासमा केही वरिष्ठ अधिवक्ताले घण्टौं बहस गरेका थिए । 

बुधवार दशौं दिनको सुनुवाइ सकिँदै गर्दा प्रधानन्यायाधीश जबराले बहस छोट्ट्याउन अधिवक्ताहरूलाई आग्रह गरेका हुन् । 

बुधवार नै न्यायाधीश सपना प्रधान मल्लले यो मुद्दा कति लम्ब्याउने भन्दै रिट निवेदक मध्येका एक विघटित प्रतिनिधि सभाका सदस्य कृष्णभक्त पोखरेलसँग प्रश्न गरेकी थिइन् ।

जवाफमा पोखरेलले आफूहरू पनि बहस नलम्बियोस् भन्नेमा सचेत रहेको बताएका थिए । 

बुधवार नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले बहस गरेका थिए ।

यस्तै पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौलाले बहस गरेका थिए । 

संग्रौलाले प्रतिनिधि सभा विघटन सदर भए भविष्यमा कुनैपनि संसद्ले कार्यकाल पूरा गर्न नसक्ने बताएका थिए ।

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि माघ ४ गतेदेखि अन्तिम सुनुवाइ चलिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्