लकडाउनका बेलामा खाली भएका लन्डनका सडकहरूमा एक नग्न व्यक्ति आरामले घुमिरहेको तस्वीर सार्वजनिक भएको छ ।
आइतवार अपराह्न दैनिक व्यायाम गर्ने क्रममा स्थानीयहरूले पूर्ण नग्न व्यक्ति देखेर आश्चर्य मानेका थिए ।
ती व्यक्ति ब्लूम्सबरी स्क्वेयर गार्डन्सतिर गइरहेको बेलामा अरूले घुरेर हेरेको बेवास्ता गर्दै अघि बढेका थिए ।
एकजनाले उनलाई कपडा खै त भनी सोध्दा उनले बताए, ‘आफूलाई सफा गर्न भर्खरै कपडा खोलेको हुँ ।’
ती व्यक्तिलाई पछि ब्रिटिश म्युजियम छेउमा दौडिरहेको भेटिएको थियो । तर प्रहरीले उनलाई पत्ता लगाउन सकेन ।
मेट प्रहरीका एक प्रवक्ताले बताए, ‘प्रहरीलाई आइतवार दिउँसो ४ बजेतिर कल आएको थियो । ग्रेट रसल स्ट्रीटमा एक व्यक्ति पूर्ण नग्न भएर घुमिरहेको खबर आएको थियो । अधिकारीहरूले खोजतलाश गर्दा त्यस्ता कुनै पनि व्यक्ति फेला परेनन् ।’