१३ असार २०८३, शनिबार

चार चरणमा खोप अभियान

माघ १५, २०७७
चार चरणमा खोप अभियान

कान्तिपुर दैनिकले कोरोनाविरुद्धको खोप अभियान सुरु भएको पहिलो दिन बुधबार ९ हजार ७४२ जनाले खोप लगाएको खबर छापेको छ । समाचारमा प्रधानमन्त्रीले तीन महिनाभित्रै सबै नेपालीलाई खोप लगाइसक्ने भनि घोषणा गरेको पनि उल्लेख छ  । पत्रिकाका अनुसार सबै नेपालीलाई चार चरणमा खोप लगाइन्छ।  पहिलो चरणमा स्वास्थ्य र सामाजिक समूह (३ प्रतिशत अर्थात ९ लाख ११ हजार ९४२ जना), दोस्रो चरणमा ५५ वर्षमाथि,४०–५४ उमेर समूहका दीर्घरोगी र प्रवासमा दीर्घरोगी कामदारसहित (१७ प्रतिशत अर्थात ५१ लाख ६४ हजार २६९ जना), तेस्रो चरणमा ४०–४५ वर्ष उमेर (९.५५ प्रतिशत अर्थात २९ लाख १ हजार १०४ जना) र अन्तिम चरणमा १५–३९ वर्ष समूह (४२.७ प्रतिशत अर्थात १ करोड २७ लाख ८० हजार ४८  जना) लाई खोप लगाइनेछ ।

salt training

कमेन्ट गर्नुहोस्