२५ असार २०८३, बिहीबार

चीनले कोरोनाभाइरस परीक्षणका लागि मानिसहरूको मलद्वारको स्वाब लिँदै

माघ १५, २०७७
चीनले कोरोनाभाइरस परीक्षणका लागि मानिसहरूको मलद्वारको स्वाब लिँदै

चीनले मानिसहरूको कोरोनाभाइरस परीक्षणका लागि मलद्वारको स्वाब लिन थालेको छ । नाक र मुखबाट लिइने स्वाबभन्दा यो सही हुने र यसबाट भाइरस पत्ता लाग्ने सम्भावना बढी हुने विज्ञहरूको कथन छ । 

टेस्ट स्याम्पल संकलन गर्नका लागि स्वाबलाई मलद्वारको तीनदेखि पाँच सेन्टीमिटरसम्म प्रवेश गराउनुपर्छ र धेरैपटक घुमाउनुपर्छ । 

यो प्रक्रिया दुईपटक गरेपछि स्वाबलाई सुरक्षित स्थानमा राखिन्छ । यो सबै गर्न जम्मा १० सेकेन्ड लाग्छ । 

बेइजिङमा सामूहिक परीक्षण गर्दा नौ वर्षका एक बालक पोजिटिभ पाइएपछि मलद्वार स्वाब परीक्षण थालिएको हो । 

जनवरी १७ देखि अहिलेसम्म बेइजिङका तीन डिस्ट्रिक्टमा तीस लाखभन्दा बढी स्थानीयहरूले कोरोनाभाइरस परीक्षण गराइसकेका छन् । 
 

मलद्वार स्वाब परीक्षण कोरोनाभाइरस परीक्षणका लागि चीनमा केही महिनाअघि नै आरम्भ गरिएको थियो तर यो असहज हुने भएकाले लक्षित समूहलाई क्वारेन्टीन सेन्टरमा मात्र उपयोग गरिएको एक रोग नियन्त्रणविज्ञले बताए । 

salt training

कमेन्ट गर्नुहोस्