२१ जेठ २०८३, बिहीबार

झण्डै १० लाख भ्रष्टाचार गरेको अभियोगमा नापी अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा

माघ १५, २०७७
झण्डै १० लाख भ्रष्टाचार गरेको अभियोगमा नापी अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा नापी कार्यालय भैरहवामा तत्कालीन नापी अधिकृत घनश्याम दुवेसहित ३ जनाविरुद्ध बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगका अनुसार भैरहवाका तत्कालीन नापी अधिकृत दुवे र सर्भेक्षक रामराज यादवले पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी, सार्वजनिक सम्पत्तिको हानीनोक्सानी पुर्‍याई व्यक्ति विशेषलाई गैरकानूनी लाभ हुने गरी जग्गाको मूल्य ९ लाख ८३ हजार ७०० कायम गरेको पाइएको छ । 

जग्गाधनी मुना पासिनले नापी कार्यालयका कर्मचारीलाई अनुचित प्रभावमा पारी आफू गैरकानूनी लाभ हुने र नेपाल सरकारलाई हानी नोक्सानी पुर्‍याएको पाइएको छ । 

आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार आयोगले उनीहरूविरुद्ध ९ लाख ८३ हजार ७०० बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्