२२ जेठ २०८३, शुक्रबार

निर्वाचन आयोगले किन बोलायो ओली र प्रचण्ड–नेपाल पक्षलाई ?

माघ १६, २०७७
निर्वाचन आयोगले किन बोलायो ओली र प्रचण्ड–नेपाल पक्षलाई ?

निर्वाचन आयोगले नेकपाका दुबै पक्ष (प्रचण्ड–माधव नेपाल र केपी ओली पक्ष) लाई संयुक्त छलफलका लागि शुक्रबार बोलाएको छ । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताका सूचना निकाल्नुअघि आयोगले नेकपाका नेताहरुसँग छलफल गर्न खोजेको हो ।
दल दर्ताको सूचना निकालेपछि नेकपाका दुबै पक्षले छुट्टाछुट्टै रुपमा दर्ताको प्रयत्न गर्ने र त्यसले मुठभेट निम्तिने चिन्ता आयोगलाई छ । नेकपाका दुबै पक्षले पुस ५ यता अलग–अलग ढंगले गरेका बैठक र तिनले गरेका निर्णयलाई आयोगले मान्यता दिएको छैन । कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्