
पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चुनावको तयारीका लागि भन्दै निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी नहुने भएको छ ।
आयोगले शुक्रवार साढे ११ बजेका लागि नेकपाको दुवै समूहलाई छलफलका लागि बोलाएको छ ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षबाट महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ सहितका नेताहरू आयोग पुग्दैछन् । प्रचण्ड–नेपाल पक्षबाट पनि नेताहरू लीलामणि पोखरेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधान आयोग पुग्दैछन् ।
आयोगले छलफलका लागि बोलाएकाले सूचना दिनका लागि मात्र आफूहरू आयोग जाने नेता पोखरेलले लोकान्तरलाई बताए ।
‘छलफलमा अध्यक्षहरू सहभागी हुनुहुन्छ, हामी आयोगलाई सूचित गर्न मात्र पुग्दैछौं,’ पोखरेलले भने ।