२९ जेठ २०८३, शुक्रबार

चोर समात्न यी महिलाले लगाइन् अनौठो जुक्ति

चैत २९, २०७७
चोर समात्न यी महिलाले लगाइन् अनौठो जुक्ति

युरोपेली मुलुक स्लोभाकियामा एक महिलाले चोर समात्नका लागि अकल्पनीय काम गरेकी छन् । 
 

सर्बियाबाट आएका २४ वर्षीय चोर ब्राटिस्लाभामा मंगलवार राति पेट्रोल पम्पमा डकैती गर्न आएका थिए । 
 

कन्तूरबाट पैसा झिक्दै गर्दा ती ३६ वर्षीया चेक महिलाले चोरसँग कामक्रीडा गर्न थालिन् । चोर त्यसैमा अल्मलिएपछि प्रहरी अधिकारीहरू घटनास्थलमा आइपुगेका थिए । 

शुरूमा त चोर पेट्रोल पम्पमा दौडिँदै आयो र कर्मचारीहरूलाई पैसा निकाल्न लगायो । 

त्यसक्रममा उसले काउन्टरपछाडि रहेको एक कर्मचारीलाई धेरैपटक मुक्का हान्यो । अनि उसले नगद पनि निकालिदियो । 

त्यसपछि ऊ पछिल्तिर रहेको कार्यालयमा पस्यो जहाँ अर्का एक कर्मचारी थिए । 

कर्मचारीलाई उसले कन्तूर खोल्न लगायो । कन्तूर खोलिँदै गर्दा कुटाइ खाने कर्मचारी दौडिँदै बाहिर गयो र प्रहरीलाई फोन गर्‍यो । 
 

त्यसैबीचमा एक रहस्यमयी महिला आइन् र चोरसँग क्रीडा गर्न थालिन् । त्यसमा लागेर चोर त्यतै अल्मलियो । 
 

त्यतिखेरै प्रहरी आइपुग्यो र आरोपितलाई पक्राउ गर्‍यो । 

उसलाई पक्राउ गर्न प्रहरीले बल प्रयोग गर्नुपरेको थियो ।

ती व्यक्तिलाई अनुसन्धान पूरा नहुन्जेलसम्म हिरासतमा राखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्