भारतमा किसानहरूले तीन नयाँ कृषि कानूनविरुद्ध गरिरहेको आन्दोलनका क्रममा शुक्रवार दिल्लीको सिंघु सीमामा हिंसा भएको छ ।
किसान प्रदर्शनकारी र स्थानीय मानिसहरूले ढुंगा हानाहान गरेका छन् । त्यसअघि स्थानीयहरूले प्रदर्शनकारीहरूलाई हटाउन माग गरेका थिए ।
ढुंगा हानाहान भएपछि सुरक्षाकर्मीहरूले अश्रूग्यास र लाठीचार्ज गर्नुपरेको थियो । विरोध प्रदर्शनको भिडियो पनि सार्वजनिक गरिएको छ ।
बिहीवार रातभरि दिल्ली र उत्तर प्रदेशको गाजीपुर सीमामा तनाव भएको थियो । किसानहरू ट्य्राक्टरमा नभई सडकमा नै सुतेका थिए ।
#WATCH | Delhi: Group of people claiming to be locals gather at Singhu border (Delhi-Haryana border) demanding that the area be vacated. pic.twitter.com/AHGBc2AuXO
— ANI (@ANI) January 29, 2021