
नेकपा प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश ईन्चार्ज युवराज ज्ञवालीले अदालतलाई संविधान संशोधन गर्ने नभएर संविधानको व्याख्या गर्ने मात्रै अधिकार रहेको बताएका छन् ।
शनिवार बिहान अर्घाखाँचीको सन्धिखर्कमा नेकपा प्रचण्ड–नेपाल समूहद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले अदालत र न्यायाधीसको काम संविधानको व्याख्या गर्ने मात्र भएको र संविधान संशोधन गर्ने नभएको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन असंवैधानिक भएकोले अदालतले संसद् पुनःस्थापना गरिदिने विश्वास ज्ञवालीले व्यक्त गरे ।
वर्तमान संविधानमा बहुमतप्राप्त प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको भन्दै ज्ञवालीले संविधानमै नभएको अधिकार प्रयोग गरी संसद् विघटन गरेकोले अदालतले संसद् पुनस्थापित गरिदिने दाबी गरे ।