![कैलालीबाट काठमाडौं आएर राजनीतिले गरेको फोहोर सफा गर्दै केपी खनाल [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/144123676_2098608400270182_6173348949239881095_n_7WYrIU6Og0.jpg)
सामाजिक युवा अभियान्ता केपी खनाल संघीय राजधानीको माइतीघर मण्डला लगायत क्षेत्र सफा गर्न कैलालीबाट काठमाडौं आएका छन् ।
गृहजिल्ला कैलालीमा सरसफाइ र गरीबलाई सहयोग अभियान चलाउँदै आएका खनालले काठमाडौं आएर शनिवार माइतीघर मण्डला, बबरमहल, नयाँ बानेश्वर क्षेत्रमा सरसफाइ गरेका छन् ।
‘राजनीतिक आन्दोलनले राजधानी फोहोर भएको थियो, हाम्रो अभियानले सफा गरेको छ, साथीहरूले सहयोग गरेका छन्,’ अभियान्ता खनालले लोकान्तरसँग भने ।
मैनादेवी फाउन्डेसनको आयोजनामा भएको ‘क्लिन काष्ठमण्डप अभियान’ले केही दिनदेखि राजनीतिक आन्दोलनले फोहोर बनेको माइतीघरदेखि बानेश्वरसम्मको मार्गमा सफाइ गर्दै फोहोर नगर्न अनुरोध समेत गरिएको अभियान्ता खनालले बताए ।
सरसफाइ अभियानमा कमेडी च्याम्पियन हिमेश पन्तको प्रमुख उपस्थिति रहेको थियो ।







